१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

१२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस



झापा- सशस्त्र प्रहरीले १२ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र प्रहरी बलको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि उनीहरुको नाम सिफारिस भएको हो ।

नाम सिफारिस भएकाहरुमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजित, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

उनीहरू १५ चैत २०७५ मा सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार ००:००  ७ : ३८ बजे