१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

साउदी जान शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य



बिर्तामोड-साउदी अरव जाने नेपाली कामदारले अनिवार्य रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ । त्यसका आधारमा मात्रै साउदी अरवले भिसा दिनेछ ।

नेपालस्थित साउदी दूतावासले सूचना जारी गर्दै जुन १२ देखि भिसा जारी गर्न शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएको जनाएको हो । यसले नेपाली कामदार प्रत्यक्ष पभावित हुनेछन् ।

नेपालीहरू वैदेशिक रोजगारीका लागि साउदीमा निर्माण क्षेत्र, हेल्पर, क्लिनर, मेकानिक जस्ता काममा जान्छन् । उनीहरू प्रायः सामान्य साक्षर हुन्छन् ।

दूतावासको उक्त निर्णयले भने हजारौं नेपालीहरू वैदेशिक रोजगारीका लागि साउदी जानबाट वञ्चित हुने देखिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार ००:००  ९ : ४० बजे