१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भद्रपुरबाट भारतीय नागरिकले बालिका अपहरण गरेकाे आशंका



झापा-भद्रपुर नगरपालिका-९ बाट सोमनाथ सिग्देलकी तीन बर्षीया छोरी आज दिउँसो हराएकी छिन् । 

केदारेश्वर मन्दिर छेउ निवासी सिग्देलकी छोरीलाई एक भारतीय व्यक्तिले अपहरण गरेर लगेको हुने सक्ने अनुमान गरिएको छ ।

सो क्षेत्रमा विहानैदेखि लाटोको अभिनय गर्दै घरघरमा भारतीय नागरिक माग्दै हिँडेको स्थानीयवासीको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय झापाले सो सूचना पाए लगत्तै मातहतका कार्यालयहरुमा जानकारी पठाई भारतीय व्यक्ति र बालिकाको खोजी गरिरहेको जनाएको छ ।

सामाजिक सञ्जालबाट बालिकाको तस्वीर पोस्ट्याएर स्थानीयवासी, पत्रकार सबैले खोजी गर्न र सम्बन्धित व्यक्तिलाई तत्काल पक्राउ गर्न खबरदारी गरिरहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  ३ : ०० बजे