१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एमाले नेता सुवास नेम्वाङको निधन



बिर्तामोड–नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण गएराति निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो ।

चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए ।

उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल लैजाँदा नै उनको मृत्यु भइसकेको थियो ।

नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार ००:००  ८ : ०३ बजे