१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापाबाट समातिए चोरी र डाँका मुद्दाका दुई फरार अपराधी



झापा-चोरी र डाँका मुद्दाका दुई फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरीले दुई अपराधीलाई समातेको हो ।

पक्राउ पर्नेमा मेचीनगर-११ का भुन्टे भनिने बुद्धबहादुर कार्की र शंकर राजवंशी छन् । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार उनीहरुलाई अदालतले जनही ३८ दिन कैद र आठ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेका दुवै जनालाई कैद सजाय भुक्तानका लागि अदालतको आदेश अनुसार झापा कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  ८ : ३० बजे