१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रेममा असफल भएपछि डाक्टर कोइरालाले आत्महत्या गरेको प्रहरी निष्कर्ष



झापा-प्रेम सम्वन्धका कारण डा. प्रज्वल कोइरालाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक तथ्यहरु फेला परेका छन् । प्रहरीले गरेको अनुसन्धानले प्रेम सम्वन्ध असफल भएपछि डा. कोइरालाले आत्महत्या गरेको हुन सक्ने देखिएको हो ।

लाइफ लाइन हस्पिटल दमकको एउटा फार्मेसीमा कार्यरत युवतीसँगको प्रेम सम्बन्ध सफल नभएपछि उनले कोशी नदीमा हामफालेको हुनसक्ने देखिएको छ ।

एक सातासम्म खोजी गर्दा पनि डा. कोइराला नभेटिएपछि र सीसीटीभीको फुटेजलाई आधार मान्दा आत्महत्या गरेको हुनसक्ने अनुमानलाई बल पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए ।

आत्महत्याको धेरै कारण हुनसक्ने बताउँदै एसपी फुयालले एउटा कारण प्रेमसम्बन्ध पनि हुनसक्ने भनेर त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

डा. कोइराला कोशी नदीमा बेपत्ता भएको घटना सुनेर ती युवती पनि बेहोस भएकी थिइन् । उनलाई बिर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो ।

कोसी पुलमा आफूले चलाएको गाडी, त्यसभित्र मोवाइल समेत छोडेर डाक्टर कोइराला वेपत्ता भएका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार ००:००  ८ : ०० बजे