झापा- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने भएका छन् । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति भूकम्प गएको थियो ।
पीडितको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय अध्यक्ष तिम्सिनाले गरेका हुन् ।
शुक्रबार ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।