भद्रपुर-पत्रकार ईश्वर अधिकारी प्रमोद तामाङ सुशासन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल निजामति कर्मचारी संगठन झापाले पत्रकार अधिकारीलाई शुक्रवार उक्त पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको राशि १० हजार रुपैयाँ छ । झापाको भद्रपुरका स्थायी बासिन्दा पत्रकार अधिकारी दुई दशकदेखि झापाको पत्रकारितामा क्रियाशील छन् ।
तामाङको १३ औँ स्मृति दिवसको अवसर पारेर पत्रकार अधिकारीलाई पुरस्कृत गरिएको हो । पत्रकार अधिकारी आँखा डटकमका सम्पादक तथा नागरिक एफएमका कार्यक्रम निर्देशक हुन् ।
यसअघि नेपाल निजामति कर्मचारी संगठनले अघिल्लो वर्ष पत्रकार गोपाल झापालीलाई उक्त पुरस्कार प्रदान गरेको थियो ।
प्रमोद तामाङको ११ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा झापाका अग्रज पत्रकार विवेचना दैनिकका सम्पादक एवम् स्पीक कर्नर नेपालका प्रवन्ध निर्देशक सुब्रत न्यौपाने पुरस्कृत भएका थिए ।
संगठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षता र कोसी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कोषवृद्धिका लागि आफ्नो एक महिना बरावरको ३५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
पत्रकार अधिकारीसँगै उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्य र कनकाई नगरपालिकाकी सिनियर अनमि दवाडी पुरस्कृत भएका छन् ।