३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

ठूला दलले भ्रष्टाचारका घटना ढाकछोप गरिरहेका छन् : राप्रपा अध्यक्ष लिङ्देन



बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलभित्र विदेशीको साथ, सहयोग र आशीर्वाद भएन भने सत्तामा टिक्न सकिँदैन भन्ने मानसिकता व्याप्त रहेको बताउनुभएको छ ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोड नगर कमिटीको अधिवेशनलाई शनिबार झापाको बिर्तामोडमा सम्बोधन गर्दै अध्यक्ष ठूला दलका कारण नेपालमा वैदेशिक हस्तक्षेप बढेको बताउनुभयो ।

आस्था, विचार र साइन बोर्ड अलग भएपनि भ्रष्टाचारका विषयमा ठूला दलहरू मिल्ने गरेको र कैयौँ घटनाहरूलाई संगठित रुपमा ढाकछोप गर्ने प्रयत्न भएको अध्यक्ष लिङ्देनले दाबी गर्नुभयो ।

अर्बौं ऋण लिएर ठूला विमानस्थल बनाउने तर सञ्चालन गर्न नसक्ने सरकारी रबैयाका कारण मुलुक आर्थिक रूपमा झन् संकटमा फसेको अध्यक्ष लिङ्देनको दाबी छ ।

पूर्वमन्त्री समेत रहनुभएका अध्यक्ष लिङदेनले कमिसनका लागि हतारमा ठूला आयोजनाहरू ठेक्कामा लगाउने प्रवृत्ति झन् बढेको बताउनुभयो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार ००:००  ३ : ३६ बजे