बिर्तामोड-नेपाल पत्रकार महासंघ झापाले तीनजना संस्थापक सदस्यहरुलाई सम्मान गरेको छ । महासंघको ३५ औँ स्थापना दिवसको अवसरमा साेमबार उनीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा संस्थापक सचिव तारा बराल, अग्रज पत्रकार गाेविन्द चन्द्र क्षेत्री र माेहन ढुंगाना रहेका छन् । उनीहरूलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले सम्मान पत्र प्रदान गरेकी छन् ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीकाे अध्यक्षतामा कार्यक्रम भएको हाे ।