१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुद्धशान्तिका पौडेल लागूऔषध मुद्दामा पक्राउ



बिर्तामोड- लागूऔषध मुद्दाका एकजना फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका २ बस्ने वर्ष ५२ को यादवराज पौडेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले पौडेललाई पक्राउ गरेको हो । पौडेललाई झापा जिल्ला अदालतले गत फागुनमा लागूऔषध मुद्दामा दुई महिना कैद सजायको फैसला सुनाएको थियो ।

पक्राउ परेका पौडेललाई बुधवार झापा जिल्ल अदालतमा पेश गरिएको र अदालतको आदेश अनुसार कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको झापा प्रहरीका निमित्त प्रवक्ता ढुण्डीराज गिरीले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार ००:००  ९ : ३७ बजे