१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापामा समाजवादी मोर्चाको सन्देश सभा तयारी



बिर्तामोड-समाजवादी मोर्चा झापाले असोज २४ गते बिर्तामोडमा सन्देश सभा आयोजना गर्ने भएको छ । मोर्चाले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रमुख आतिथ्यमा सन्देश सभा आयोजना गर्न लागेको हो ।

झापामा चार दलीय सहभागितामा समाजवादी मोर्चा गठन भएको थियो । सत्ताका तीन घटकसहित गठित मोर्चाले सन्देश सभामार्फत झापामा आफ्नो पहिलो राजनीतिक गतिविधि अगाडि बढाउने तयारी गरेको छ ।

सन्देश सभामा विप्लवलाई प्रमुख वक्ता राखिएको छ । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राई र जनता समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ००:००  ९ : ५५ बजे