बिर्तामोड-टेलिभिजन पत्रकार विष्णुकुल श्रेष्ठ पुरस्कृत भएका छन् । बिर्तामोड उद्योग वाणिज्य सङ्घले श्रेष्ठलाई आइतबार पुरस्कृत गरेको हाे ।
टेलिभिजन पत्रकारितामार्फत वाणिज्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान गरेको जनाउँदै संघले श्रेष्ठलाई ११ हजार राशिको पुरस्कार प्रदान गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल र बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले पत्रकार श्रेष्ठलाई नगदसहित सम्मानपत्र प्रदान गरेका छन् ।
श्रेष्ठ एपीवान टेलिभिजनमा कार्यरत छन् । फोटोग्राफीको क्षेत्रमा समेत उत्तिकै दख्खल राख्ने श्रेष्ठले एन्जल मिडिया पनि चलाउँछन् ।
संघले नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहका बीच श्रेष्ठलाई पुरस्कृत गरेको हो । निर्वाचित भएको ५३ दिनपछि यसअघि वरिष्ठ उपाध्यक्ष समेत रहेका न्यौपानेले संघको कार्यभार सम्हालेका छन् ।