१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

भ्रष्टाचारविरुद्ध सशक्त रुपमा कलम चलाउन उपसभामुखको आग्रह



बिर्तामोड- प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले भ्रष्टाचारविरुद्ध सशक्त रुपमा कलम चलाउन झापाली सञ्चारकर्मीलाई आग्रह गरेकी छन् ।

सोमवार नेपाल पत्रकार महासंघ झापाको ३५ औँ स्थापना दिवस समारोहमा बोल्दै उपसभामुख मगरले यस्तो आग्रह गरेकी हुन् ।

उनले सुशासनको पक्षमा जनदवाव सिर्जना गर्ने शक्तिका रुपमा पत्रकारिता रहेको बताउँदै लोकतन्त्रको संस्थागत विकासमा प्रेसको भूमिका महत्वपूर्ण बताइन् ।

विकसित मुलुकमा पत्रकारका कारण भ्रष्टाचार घटेको उदाहारण दिँदै उपसभामुख मगरले नेपालमा पनि पत्रकारिता क्षेत्र बलियो हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार ००:००  २ : १६ बजे