बिर्तामोड- नेकपा एमाले झापाले आर्थिक संकटको जोखिमपूर्ण अवस्थामा कर वृद्धि भन्दा पनि कर निर्धारणका क्षेत्रको पहिचान गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । बुधवार विज्ञप्ति निकालेर एमाले झापाले कर नबढाउन आग्रह गरेको हो ।
एमाले झापाका अध्यक्ष दीपक कार्कीले स्थानीय तहले बढाएको करको दरमा पनि पुनरावलोकन हुनुपर्ने बताएका छन् । करका दायरा क्षेत्रको पहिचान गरी कर चुहावटलाई नियन्त्रण गर्नु पर्नेमा अध्यक्ष कार्कीको जोड छ ।
एमालेले केन्द्र सरकारले दिँदै आएको अनुदान सहयोग कटौती गरेर स्थानीय सरकारलाई कमजोर बनाउने गलत अभ्यास थालेको भन्दै त्यसप्रति तीव्र असहमति पनि जाहेर गरेको छ ।