७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

झापाको बुट्टावारीमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



बिर्तामोड– झापाको बुट्टावारीमा आइतवार बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र-१-०२-०४३ प ८४७४ नम्वरको मोटरसाइकलका चालक झापा अर्जुनधारा ११ का पुकार केसीको मृत्यु भएको हो ।

२८ वर्षीय केसीलाई ना ६ख २०३३ नम्वरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । घटनापछि ट्रक चालक फरार रहेको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार ००:००  ४ : ११ बजे