१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अर्जुनधारामा भेटनरी अस्पताल निर्माण गर्ने सहमति



बिर्तामाेड-झापाको अर्जुनधारा नगरपालिकामा अत्याधुनिक भेटनरी अस्पताल निर्माण गर्ने सहमति भएको छ । शनिबार कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयसँग भएको छलफलमा यस्तो सहमति भएको हो ।

नगर प्रमुख बलदेव सिंह गोम्देनका अनुसार ४ करोड रूपैयाँको लागतमा अर्जुनधारामा अत्याधुनिक भेटनरी अस्पताल बनाउन मन्त्रालय सहमत भएको छ ।

छलफलमा मन्त्रालयका सचिव डा. लेखराज दाहालले यस विषयमा थप प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् । उनले नगरपालिकाको प्रस्तावमा मन्त्रालय सकारात्मक रहेको प्रतिक्रिया दिए ।

नगर प्रमुख गोमदेनको अध्यक्षतामा भएको छलफलमा उपप्रमुख खड्गमाया पराजुली प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, पशुसेवा विभागका पूर्व महानिर्देशक डा. प्रल्लाद सापकोटा सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार ००:००  १० : १८ बजे