८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

संरक्षकको जन्मदिनसँगै साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभा



बिर्तामोड-साहित्य चौतारी झापाले शनिवार नियमित मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । होटल हिकोला हेरिटेजमा मासिक काव्यसभा आयोजना गरिएको हो ।

साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षता र चौतारीका सल्लाहकार राजेन्द्र सङ्ग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायन क्षमताका अब्बवल प्रतिभा पदम कन्दङ्वाले विशेष प्रस्तुति राखेका छन् ।

साहित्य, संगीत र कलाको माध्यमबाट पुराना र नयाँ प्रतिभाको एउटा संगमका रुपमा साहित्य चौतारीले मासिक सांगीतिक काव्यसभामार्फत निरन्तर अभिभावकीय भूमिका निर्वाह गरिरहेको साहित्य चौतारीका संस्थापक एवम् संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

कार्यक्रममा चौतारीका सल्लाहकार अनिरुद्र ओली, मातृ कला आश्रमका अध्यक्ष मातृकाप्रसाद सङ्ग्रौला, साहित्य संगीत कला प्रतिष्ठान बिर्तामोडकी अध्यक्ष भगवती ढुङ्गेल, कवि प्रमोद दाहाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सिंहवाहिनी नौमति बाजा समूहकी अध्यक्ष शान्तादेवी पौडेल, दीक्षा रसाइली, मातृकाप्रसाद सङ्ग्रौला, रोहिका तिम्सिना, तारा कार्की, प्रसुन गुरागाईँ, रुपा भण्डारी र प्रवेश राईले गीत प्रस्तुत गरेका छन् ।

मुना श्रेष्ठले भजन र प्रमोद दाहालले गजल वाचन गरेका छन् । मनिषा भट्टराईले नृत्य प्रस्तुत गरेकी छन् । कार्यक्रमका सहभागीलाई चौतारीका संगीत विभागका उपाध्यक्ष दीपक रायामाझीले स्वागत गरेका छन् ।

कार्यक्रममा काशिनाथ घिमिरे, भगवती ढुङ्गेल, प्रनिसा पराजुली, एलिसा भट्टराई, रेजिना बाँस्कोटा र सुजाता राईले कविता वाचन गरेका छन् ।

संरक्षक उर्मिला विमलीको जन्मदिन मनाइयो
साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभाको दिन संरक्षक उर्मिला विमली श्रेष्ठको पनि जन्मोत्सव परेको छ । कार्यक्रममा भेला भएका साहित्य अनुरागीले श्रेष्ठको जन्मोत्सव धुमधामका साथ मनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि संग्रौला लगायत सबैले अविर, फूलमाला र खादा लगाइदिएर संरक्षक विमलीलाई ५९ औँ जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यताको शुभकामना दिएका छन् ।

सिंहवाहिनी नौमती बाजा समूहले नौमती बाजा बजाएर संरक्षक श्रेष्ठलाई जन्मदिनको शुभकामना दिएको छ । कार्यक्रमको सञ्चालन साहित्य चौतारीकी सचिव खगिन्द्रा खुसीले गरेकी छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार ००:००  ६ : ०० बजे