इलाम-सामुदायिक वनको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराईलीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अध्यक्ष बराइलीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आइतवार आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अध्यक्ष बराइलीलाई १५ लाख पाँच हजार ९३० बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो । समूहको निर्णयविना आफू अनुकूल कागजात तयार गरी झुट्ठा बिल भरपाई पेश गरेको अख्तियारको ठहर छ ।
वन उपभोक्ता समूहका तत्कालीन सल्लाहकार समूह संयोजक अर्जुनकुमार थापा र समूहका तत्कालीन कोषाध्यक्ष रामकुमारी खत्रीले समेत लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णय विना कागजात तयार गरी रकम हिनामिना गरेको आयोगले जनाएको छ ।