झापा- राष्ट्रपति रामचन्द्र पौडेल बिरामी परेका छन् । पेटमा समस्या भएपछि पौडेललाई शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।
चिकित्सकको निगरानीमा राष्ट्रपति पौडेलको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । राष्ट्रपति पौडेललाई अचानक स्वास्थ्य समस्या देखिएको हो ।