१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोड र भद्रपुरमा पटाकाको स्टोर, बेखवर जस्तै छन् सुरक्षा निकाय



झापा- तिहार आउनु अगावै भारतीय सीमावर्ती नाकाबाट पटाका भित्रिन थालेको छ । सुरक्षा निकायको आँखा छल्दै कारोवारीले पटाका ल्याइरहेका हुन् ।

भारतसँग सीमा जोडिएका नाकाबाट पटाका भित्रिरहेको हो । यस विषयमा जिल्लास्थित सुरक्षा निकाय बेखवर जस्तै छन् । रातको समयमा धमाधम पटाका झापाका बजारमा भित्रिरहेको छ ।

भद्रपुर र बिर्तामोडका केही व्यवसायीले पटका स्टक गर्न थालेका छन् । चाडपर्व नजिकिएसँगै स्थानीय प्रशासनले सीमावर्ती आवागमनमा कडाई गर्ने भएकाले अहिले व्यवसायीले मौका छोपेका हुन् ।

भारतको पश्चिम बंगाल र विहारसँग सीमा जोडिएको झापामा मात्रै बर्सेनि लाखौँ मूल्यको पटाका भित्रिने गरेको छ । स्थानीय प्रशासनले प्रतिवन्ध लगाएको जस्तो गरे पनि पटाकाको प्रयोग बजारमा निर्वाध छ ।

झापाका मुख्य बजारमा स्टोर भएको पटाका राजधानी काठमाडौँमा पुग्ने गरेको छ । रमाइलो गर्ने नाममा पटाका ल्याइरहँदा राज्यको लाखौँ रुपैयाँ बिदेशिने गर्छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार ००:००  ४ : ४३ बजे