झापा-देवचुली नगरपालिका ९ गोरेघुम्तीमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा एक जना घाइते भएकाे प्रहरीले जनाएको छ ।
बाैदीकाली गाउँपालिकाकाे माझडाँडाबाट दलदले जाँदै गरेकाे लु १ ज ३२७० नम्बरकाे जीप दुर्घटना भएको हो ।
जीपमा सवार सात जनामध्ये तीन जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते पुरुषलाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएको व्यक्तिहरुको पहिचान खुल्न बाँकी छ ।