१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बाढीले भत्कियो पर्यटकीयस्थल दोमुखा जाने सडक



शिवसताक्षी– झापाको पर्यटकीयस्थल दोमुखा जाने सडक निर्माण भएको एक महिना नबित्दै भत्किएको छ । सडकमा लगाइएको ह्युम पाइप थुनिँदा पानीको वहावले सडकमा क्षति पुगेको हो ।

वर्षातको पानी सडक माथिबाट नाघेर जाँदा कल्र्भट छेउमा सडकको केही भाग भत्किएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिका र प्रहरी सम्मिलित टोलीले शुक्रवार सडकको स्थलगत अवलोकन गरेको छ ।

अराजक समूहले ह्युम पाइप थुनेर सडक माथिबाट पानी जाने अवस्था सिर्जना गरेको स्थलगत अवलोकनमा देखिएको शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्राले बताए । ‘सडक तत्काल पुनर्निर्माण गर्ने निर्णय गरेका छौँ’, उनले भने ।

ह्युम पाइप थुन्ने व्यक्ति फेला परिसकेको वडा नम्वर १० का अध्यक्ष हर्क सिंगुले जानकारी दिए । दोमुखा सडक सतासी निर्माण सेवाले निर्माण गरेको हो । चार करोड २४ लाख ८३ हजार लागतमा सडक कालोपत्रे भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ००:००  ७ : ५४ बजे