७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

पहिरोले मेची राजमार्ग अवरुद्ध, बीच बाटोमा रोकिए सवारी



झापा- मेची राजमार्गको ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ । गएरातिको पहिरोले सडक अवरुद्ध भएको हो ।

स्थानीय मनिश अधिकारीका अनुसार फुङलिङ–८ स्थित खोक्से खोला छेउमा गएको पहिरोले करिब ४० मिटर सडक पुरेको छ ।

सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी बीच बाटोमा रोकिएका छन् ।

वडाध्यक्ष क्षीतिज सुनुवारका अनुसार सडक पहिरो पन्छाउन दिनभर लाग्ने सम्भावना छ । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार ००:००  २ : १८ बजे