१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लापसे गरेका छजना सवारी चालकविरुद्ध मुद्दा दायर



काँकडभिट्टा-लागूपदार्थ सेवन गरेर सवारी चलाउने चालक धमाधम कार्वाहीमा पर्न थालेका छन् । सीमावर्ती क्षेत्र काँकडभिट्टामा प्रहरीले चालकको लागू पदार्थ सेवन अर्थात लापसे जाँच गर्दै आएको छ ।

कीटको माध्यमबाट लापसे जाँच हुने गरेको र प्रयोगकर्ताले कुन लागूपदार्थ सेवन गरेको हो, त्यो पनि पत्ता लाग्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टा जनाएको छ ।

सीमावर्ती क्षेत्रबाट ब्राउन सुगर आउने गरेको तथ्यका बीच प्रहरीले शंकास्पद गतिविधि देखिएका सवारी चालकमाथि निगरानी गर्दै आएको काँकडभिट्टा प्रहरीका प्रमुख डीएसपी दीपक भारतीले बताए ।

लापसे चेकजाँच सुरु भएयता प्रहरीले छ जना सवारी चालकमाथि मुद्दा चलाएको डीएसपी भारतीले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार ००:००  ८ : ५८ बजे