५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

सुन तस्करी प्रकरण : महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति



झापा– सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका राहुल महरालाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन अदालतले आदेश दिएको छ ‌।

सुन तस्करी प्रकरणमा नाम जोडिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई बुधबार पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको हाे ‌। विद्युतिय चुरोट भेपमार्फत भएको करिब नौ किलो सुन तस्करी प्रकरणमा महराको नाम जोडिएको छ ‌।

सुन तस्करी प्रकरणमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको र सुन तस्करीमा संलग्नसँग उनीहरूको निरन्तर सम्पर्क रहेको खुलेपछि छानबिन गर्नुपर्ने आवाज उठेको थियो ‌।

प्रहरीले अनुसन्धान गरी फाइल बुझाएपछि सरकारी वकिलको कार्यालयले महरा बाबुछोरा माथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ००:००  ७ : ३५ बजे