काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने बताएका छन् । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नयाँ केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले आगामी वर्ष पार्टीका लागि शुद्धिकरण र सुदृढीकरणको वर्ष हुने बताउँदै त्यसको तयारीमा जुट्न नेताका कार्यकर्ताहरुलाई निर्देशन पनि दिएका छन् ।
अध्यक्ष ओलीले वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अध्यावधिक गर्न, व्यवहारमा अनुकरणीय बन्न र हरेक दृष्टिकोणबाट योग्यताका साथ पार्टीको निर्णायक तहमा भूमिका निर्वाह गर्न केन्द्र सदस्यहरुलाई आग्रह गरे ।