५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा एमालेको बटमलाइन : अध्यक्ष ओली



झापा-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाट प्रधानमन्त्री पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’को जवाफको सट्टा पदबाट राजीनामा चाहिएको बताएका छन् ।

संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संसद् खुलाउनका लागि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने पार्टीको बटमलाइन प्रस्ट्याएका हुन् ।

‘‘उहाँको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । त्यसैले हामीलाई जवाफ होइन, अब राजीनामा चाहियो, उहाँबाट साह्रै भएन,’ ओलीले भने ।

सोमबार भारतीय व्यवसायी प्रीतम सागरको किताब विमोचनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतमले धेरैपटक दिल्ली धाएको र नेपालका नेतालाई पनि मनाउनका लागि कोसिस गरेको अभिव्यक्ति दिएका थिए ।

उनको विवादास्पद अभिव्यक्तिपछि एमालेसहित रास्वपा, राप्रपालगायतका विपक्षी दलले बुधबार सदन अवरोध गरेका छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ७ : ०१ बजे