इलाम-पशुपतिनगर भन्सार कार्यालय इलामले चालु आर्थिक वर्षको ६ महिनामा १ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पूर्व निर्धारित लक्ष्यको तुलनामा करिब ३० प्रतिशत राजस्व सङ्कलन भएको हो ।
चालु आर्थिक वर्षमा पशुपतिनगर भन्सारले १ करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको छ । ६ महिनामा एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन भएकाले लक्ष्य हासिल गर्न सम्भव हुने भन्सारको अपेक्षा छ।
पशुपतिनगर भन्सार कार्यालयका प्रमुख प्रवीण सुब्बाका अनुसार अवैध कारोबार अन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबै भन्दाबढी राजस्व सङ्कलन भएको हाे ।