१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भद्रपुरमा बजार अनुगमन : पसलै पिच्छे म्याद गुज्रिएका खाद्य सामग्री



भद्रपुर-नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै भद्रपुर नगरपालिकाले बजार गरेको छ । उपप्रमुख राधा कार्की नेतृत्वको अनुगमन समितिले लगातार तीनदिन बजार अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा उल्लेख्य मात्रामा म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरेको नगरपालिकाको राजस्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए ।

अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका नारायणप्रसाद भट्टराई, गुणस्तर तथा नापतौल कार्यालयका विजयनन्द चौधरी, कासिन राजवंशी, व्यवसायी खड्कबहादुर लिम्बू, नगरपालिकाको कानून शाखा प्रमुख राजेन्द्रप्रसाद ढकाललगायत सहभागी थिए ।

अनुगमनका क्रममा टोलीले अधिकांश पसलमा म्याद गुज्रिएका विभिन्न किसिमका खाद्य सामग्री, तेल र अखाद्य मिसावट गरिएको चुक अमिलो, भुटेको केराउ, दाललगायतका सामग्री फेला पारेको छ ।

सबै ती सामान जफत गरेको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रतिनिधि भट्टराईले जानकारी दिए । इजाजत नलिएका र नवीकरण नगरेका पसललाई नगरपालिकाले अविलदम्व कानुनी मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।

जफत गरिएको सामग्री अनुगमनमा सहभागीहरुको रोहबरमा मेची किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको अनुगमन टोली संयोजक उपप्रमुख कार्कीले जानकारी दिइन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ००:००  १० : १३ बजे