झापा- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ ।
प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको छ ।
विद्युत् निर्यात गत आव २०७९र८० को सोही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाखले बढी हो ।
गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो ।