१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

डाँका मुद्दाका फरार अपराधी झापाबाट पक्राउ



झापा-डाँका मुद्दाका एकजना फरार अभियुक्तलाई प्रहरीले समातेको छ । पक्राउ पर्नेमा झापाको दमक–८ घर भएका मोहन साह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डकैती मुद्दामा साहलाई झापा जिल्ला अदालतले ६ महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको हो ।

कात्तिक ५ गते पक्राउ परेका साहलाई दशैँ बिदाका कारण आइतवार मात्रै अदालतमा पेश गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । अदालतको आदेश अनुसार साहलाई कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ००:००  ७ : १८ बजे