बिर्तामोड-अलैँचीको मूल्य विस्तारै उकालो लागेको छ । सातायता निरन्तर भाउ बढिरहेको हो । मंगलवार प्रतिमन ७० हजार रुपैयाँमा अलैँची किनबेच भएको व्यवसायीले बताएका छन् ।
अलैँचीको मूल्य प्रतिमन ७० हजार रुपैयाँ रहेको अलैँची व्यवसायी महासंघ संखुवासभाका अध्यक्ष कुमार श्रेष्ठले बताए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो ।
सातवर्षअघि प्रतिमन एकलाख २० हजार रुपैयाँमा कारोवार भएको अलैँचीको भाउ घटेर २५ हजारमा झरेको थियो । तर, गत वर्षदेखि मूल्य फेरि उकालो लाग्न थालेको छ । भारतीय बजारमाथिको बढ्दो परनिर्भरताले अलैँचीको भाउमा उतारचढाव आउने गरेको छ ।


















