१ असार २०८२, आइतबार | Sun Jun 15 2025

सिम्रिकद्वारा २४० जेष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण



बिर्तामोड-सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बुधबार बिर्तामोड ७ स्थित नेत्रपार्कमा आयोजित कार्यक्रमका बीच स्थानीय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका हुन् । कार्यक्रममा उनीहरूलाई मिष्ठान्न भाेजन समेत गराइएको छ ।

कार्यक्रममा कोशी प्रदेश सांसद एकराज कार्की, नगर प्रमुख पवित्रा महतारा प्रसाई, वडाअध्यक्ष अविरल कृष्ण खरेल, निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा २४० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा ‘व्लाङ्केट’ वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ००:००  ३ : ०४ बजे