३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

अग्रज पत्रकार इन्द्रजित मुखिया सम्मानित



बिर्तामोड-झापाका अग्रज पत्रकार इन्द्रजित मुखिया सम्मानित हुनु भएको छ । दुर्गा मावि गरामनीले बुधबार ६८ औँ वार्षिक उत्सवका अवसरमा पत्रकार मुखियालाई सम्मान गरेको हो ।

समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकार मुखियालाई सम्मानपत्र प्रदान गर्नुभयो । नेपाल टेलिभिजनका झापा संवाददाता मुखिया अढाई दशक अघिदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ।

पत्रकारितामार्फत सामाजिक रूपान्तरण अभियानमा योगदान गरेको जनाउँदै विद्यालयले मुखियालाई सम्मान गरेको हो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ००:००  ३ : १७ बजे