अर्जुनधारा-झापाको अर्जुनधाराले १० हजार भन्दाबढी पशुचौपायामा लम्पी स्किन रोगविरुद्ध खोप लगाएको छ । नगरका ११ वटै वडा रहेका पशुमा खोप लगाइएको हो ।
साउन २२ गतेदेखि पशुलाई खोप लगाउन थालिएको थियो । ११ वटा वडामा १४ दिनमा खोप अभियान चलाइएको पशु शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । अर्जुनधाराका २५ हजारभन्दा बढी गाईलाई खोप लगाउने तयारी गरिएको छ ।
लम्पी स्किनविरुद्धको खोपवापत किसानबाट ५० रुपैयाँ लिइएको आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरियाले बताइन् । खोप लगाउन पाँच समूहमा २३ जना प्राविधिक परिचालित थिए ।
खोप अभियानबाट नगरमा कृषकको ६ अर्बबराबरको पशुधन सुरक्षित भएको दाबी गरिएको छ । नगर उपप्रमुख खड्गमाया पराजुलीले लम्पी स्किन रोगको प्रकोप बढिरहँदा नगरले तत्काल निर्णय गरेर खोप अभियान सञ्चालन गरेको बताइन् ।