१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ओली वंशका जेष्ठ सदस्य सम्मानित



बिर्तामोड-ओली वंश समन्वय समिति झापाले १४ औँ साधारण सभाको अवसर पारेर मंगलवार ज्येष्ठ लागरिकलाई सम्मान गरेको छ । झापाको मेचीनगर–७ स्थित जोरसिमलमा आयोजना गरिएको गोठधूप कार्यक्रममा ओली वंशका जेष्ठ सदस्यलाई सम्मान गरिएको हो ।

समितिका अध्यक्ष भवानी ओलीको सभापतित्वमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्यहरु कृष्णप्रसाद ओली, पून्यमाया ओली लगायतलाई सम्मान गरिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ मा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थी पनि सम्मानित भएका छन् ।

विद्यार्थीहरु सौरव ओली, जेशिका ओली, युनिष ओली, मार्सिया ओली, प्रमिका ओली र प्रवेश ओलीलाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

ओली वंश केन्द्रिय कार्य समितिका अध्यक्ष उमेशचन्द्र ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सरक्षंक नारायण ओली, पूर्व अध्यक्ष सरोज ओली, महासचिव मोहन ओली, रुद्र गौरी अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली लगायतले बोलेका थिए ।

कार्यक्रममा बिर्तामोड–४ को वडा कार्यालयलाई भाडामा दिएको भवनमा तला थप्ने विषयमा पनि छलफल भएको छ । नेपाल भरका ओलीहरुको इतिहास पुस्तकका रुपमा समेटने गरी पनि छलफल भएको केन्द्रिय प्रचार विभाग प्रमुख राजकुमार अ‍ोलीले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार ००:००  ८ : ३९ बजे