१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अलैँचीको मूल्य पाँच वर्ष यताकै उच्च



झापा-चालु आर्थिक वर्षमा अलैँचीको भाउ बढेको छ । किसानले प्रतिमन ८० हजार रुपैयाँ सम्ममा अलैँची बिक्री गरेका छन् ‌। गतवर्ष प्रतिमन ३२ हजार रूपैयाँ सम्ममा अलैँची बिक्री भएको थियो ।

नेपाल अलैँची व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यसवर्ष किसानले ७० देखि ८० हजारमा अलैँची बिक्री गरेको बताए । अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले पनि नेपाली अलैँचीको मूल्य बढेको हो ‌।

ताप्लेजुङका अलैँची व्यवसायी दिनेश अधिकारीका अनुसार स्थानीय किसानले मूल्य पाएपछि आफ्नो उत्पादन बिक्री गरिसकेका छन् । अलैँचीको मूल्य पाँच वर्ष यताकै उच्च भएको व्यवसायीहरूले जनाएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार ००:००  ८ : ४८ बजे