झापा-आफन्तको घरमा आएका एक जना बालक घरको तीन तलामाथिबाट लडेर घाइते भएका छन् । माेरङकाे बुढीगंगा गाउँपालिका-३ बस्ने आकाश अधिकारीको चार वर्षीया छाेरा सुवास अधिकारी घाइते भएका हुन् ।
अधिकारी झापा कनकाई -३ का लक्ष्मी बरालको घरमा आएका थिए । घरको तीन तला माथिको रेलिङबाट लडेर घाइते भएका अधिकारीकाे वीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले घाइते बालककाे अवस्था गम्भीर रहेको जनाएको छ ।