७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

मोटरसाइकल दुर्घटनामा कनकाई हस्पिटलका डाक्टर यादवको मृत्यु



बिर्तामोड- मोरङको उर्लावारीमा मंगलवार बिहान भएको मोटरसाइकल दुर्घटनामा बिर्तामोडस्थित कन्काई हस्पिटलमा कार्यरत डाक्टर निरज यादवको मृत्यु भएको छ ।

उर्लाबारी– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिँदा डाक्टर यादवको मृत्यु भएको हो ।

डाक्टर यादव प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकलमा सवार थिए । सप्तरी घर भएका २८ वर्षीय डा. यादवको मदन भण्डारी अस्पताल मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर देवेन्द्र दासले जानकारी दिए ।

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमबीबीएस गरेका डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार ००:००  १ : २६ बजे