१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बेच्न लगिएका पाँच जना महिलाको पशुपतिनगर नाकाबाट उद्धार



पशुपतिनगर-प्रलोभनमा पारेर भारत लैजाँदै गरेको अवस्थामा इलामको पशुपतिनगरबाट पाँच जना महिलाको उद्धार गरिएको छ । बेचबिखनका लागि लैजाँदै गरेको सूचनाका आधारमा प्रहरीले उनीहरुको उद्धार गरेको हो ।

माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले प्रहरीको सहयोगमा ती महिलाको उद्धार गरिएको बताए । झापामा काम लगाउने भन्दै उनीहरुलाई सीमा कटाउन लागिएको थियो ।

उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला, बैतडी र अछामका एक एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

राति आठ बजेको समयमा सीमा कटाउन लाग्दा शङ्कास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा दलालले सिलिगडी लैजान लागेको खुलेको थियो ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका ३ का १९ वर्षीय उपेन्द्र बडू, मालिकार्जुन गाउँपालिका ४ का २० वर्षीय सीता धामी र कञ्चनपुर देवकोट नगरपालिका २ का १९ वर्षीय सुशीला धामी छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार ००:००  ८ : ५३ बजे