१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

धुलावारीमा पूर्व राजासँग राप्रपाका नेता कार्यकर्ताको भेटघाट



बिर्तामोड–तीन दिनदेखि झापामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले आइतवार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरेका छन् । मेचीनगरस्थित होटल मेची क्राउनमा पूर्व राजाले राप्रपा कार्यकर्तासँग भेट गरेका हुन् ।

भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् । राप्रपाले अगुवा कार्यकर्तालाई राजाले भेट्न चाहेको भन्दै खबर गरेको थियो ।

भेटघाटसँगै राप्रपा नेता कार्यकर्ता त्यहाँ आयोजित चियापान समारोहमा सहभागी भएका छन् । शनिवारको कार्यक्रममा देखिएको उत्साहजनक उपस्थितिप्रति राजाले राप्रपा नेतृत्वसँगै नेता कार्यकर्तालाई धन्यवाद दिएको राप्रपा नेता सुरेश आचार्यले बताए ।

शनिवार झापाको बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण कार्यक्रममा पूर्व राजा सहभागी भएका थिए ।

पूर्व राजाको झापा आगमनको अवसरमा राप्रपाले शनिवार अभूतपूर्व शक्ति प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ००:००  ९ : ०४ बजे