१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सर्लाहीमा भारतीय नागरिकको हत्या : टाउको खोलामा र शरीर जङ्गलमा



सर्लाही-सर्लाहीमा भारतीय नागरिकको विभत्स हत्या भएको छ । नेपाल घुम्न आएका भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राजको हत्या भएको हो ।

खोलामा टाउको र जङ्गलमा शरीर भेटिएपछि उनको पहिचान भएको प्रहरीले जनाएको छ । शुक्रवार मात्रै परिवार आएर सनाखत गरेपछि उनको पहिचान खुलेको हो ।

अभिषेकको टाउको काटिएको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको थियो ।

टाउको भने दुई दिनअघि सर्लाहीको लखन्देही पुलमुनि फेला परेको थियो ।

राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

युवकको शरीर प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारले सनाखत गरेपछि टाउको शुक्रवार दिउँसो पोस्टमार्टमका लागि काठमाडौँ पठाइसकिएको छ ।

परिवारका अनुसार अभिषेक अन्य साथीसँगै घुम्न भन्दै साउन २० गते सितामढीबाट सर्लाहीतर्फ आएका थिए । सँगै घुम्न आएका उनका साथीहरू अहिले सम्पर्कविहीन छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार ००:००  ८ : ३१ बजे