३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

समाजवादीको राष्ट्रिय परिषद्को बैठक आज



झापा-एकीकृत समाजवादीको राष्ट्रिय परिषद्को बैठक आज काठमाडौंमा बस्दैछ । विधानको मस्यौदामा छलफल समाजवादीले परिषद्को बैठक बोलाएको हो ।

बैठक दुई दिनसम्म चल्नेछ । बैठकमा उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलले तयार पारेको विधान मस्यौदा पेस हुनेछ ।

राष्ट्रिय परिषद् सदस्यबाट सुझाव लिएर विधानलाई पूर्णता दिइने एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जानकारी दिए ।

विधानलाई टेकेर आगामी जेठमा हुने महाधिवेशनबाट नेतृत्व चयन गर्नेछ । राष्ट्रिय परिषद् बैठकमा प्रत्येक निर्वाचन क्षेत्रबाट दुई–दुई जनाको प्रतिनिधित्व हुनेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार ००:००  ९ : १८ बजे