१ असार २०८२, आइतबार | Sun Jun 15 2025

धारिलो हतियारले हानेर विराटनगरमा नर्सको हत्या



मोरङ- विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको छ । धारिलो हतियारले हानेर दासको हत्या भएको भेटिएको प्रहरीले जनाएको हो ।

शुक्रवार दिउँसो विराटनगर-४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरको शौचालयमा दासको शव भेटिएको हो । उनी गिरीको घरमा डेरा बस्दै आएकी थिइन् ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । दासको घाँटी, अनुहार लगायतका भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ००:००  ३ : १४ बजे