१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाली कांग्रेस झापाका पूर्व सभापति शर्माको निधन



झापा-नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माकाे निधन भएको छ ।झापाकाे कमल गाउँपालिका ५ मंगलवारे निवासी शर्माको आज साँझ ८८ बर्षको उमेरमा निधन भएको हाे ।

शर्माको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो । पूर्व सभापति शर्माको भोलि मंगलवार ११ बजे कनकाई माईमा दाहसंस्कार गरिने झापा कांग्रेसले जनाएको छ ।

लामो समयदेखि रोगले थलिएका शर्माको निधनप्रति विभिन्न क्षेत्रका महानुभावले दुःख व्यक्त गरेका छन् । वरिष्ठ अधिवक्ता लीला उदासी शर्माको निधन मुलकका लागि ठूलो क्षति भएको बताउँछन् ।

सामाजिक सञ्जाल फेसबुकमा उदासीले शर्मालाई यसरी सम्झिएका छन्, ‘झापाका पुराना राजनीतिज्ञ एक समयका मेरा गुरु पूर्णानन्द शर्माको निधन भएको समाचारले स्तब्ध भएको छु । निष्ठा र इमानका प्रतीक उहाँको निधन मुलुककै लागि ठूलो क्षति हो । म उहाँप्रति हार्दिक श्रद्धाञ्जलि चडाउँछु र शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्दछु ।’

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ००:००  ५ : ३३ बजे