१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा गोल्डकपको टिकट दर : २००, ३०० र ४००



बिर्तामोड-झापा गोल्डकपले प्रतियोगिताको टिकट दर सार्वजनिक गरेको छ । शुक्रबार अपरान्ह डाेमालाल राजवंशी रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा गोल्डकप व्यवस्थापनले टिकट दर सार्वजनिक गरेको हो।

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतका अनुसार दर्शकले २००, ३०० र ४०० दरका टिकट खरिद गरी प्रतियोगिता हेर्न पाउनेछन् । टिकटसँगै जुसको समेत व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

१० वटा टिम सहभागी रहेको प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ००:००  ९ : ५६ बजे