५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बिर्तामोडमा खेलकुद महोत्सवको तयारी



झापा- बिर्तामोडमा खेलकुद महोत्सव आयोजना हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा फागुनमा महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा खेलकुदसँग सम्बन्धित वादविवाद तथा निवन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योगा तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटवल, क्रिकेट, वास्केटवल, भलिवल, व्याडमिन्टन,स्नुकर लगायतका खेलहरु समावेश हुने नगर खेलकुद विकास समितिका संयोजक विकास गिरीले बताउनु भयो ।

प्रतियोगितामा बिर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउने समितिका सचिव विसन लिम्वूले जानकारी दिनुभयो । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

महोत्सवमा शिक्षक, अभिभावक र कर्मचारीहरुका बीच केही मैत्रीपूर्ण खेलहरु खेलाइने योजना रहेको महोत्सवका सह संयोजक विशाल अग्रवालले बताउनु भयो । प्रतियोगिता व्यवस्थित बनाउन विषयगत विज्ञहरुसँग छलफल भइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार ००:००  १० : ५४ बजे