५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

राप्रपाद्वारा केन्द्रीय सदस्यलाई भूगोल केन्द्रित जिम्मेवारी : झापाका १५ स्थानीय तहमा नौ केन्द्रीय सदस्य खटाइए



बिर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यहरुलाई भूगोल केन्द्रित जिम्मेवारीका लागि परिचालन गरेको छ ‌‌।

पार्टीको संगठनात्मक संरचनालाई अझ मजबुत र प्रभावकारी बनाउन राप्रपाले केन्द्रीय सदस्यहरुलाई खटाएको हाे ।

पार्टीको केन्द्रीय नीतिअनुरुप नवीन राप्रपा २०८० को कार्ययोजना कार्यान्वयन गर्न राप्रपाले केन्द्रीय सदस्यहरुलाई भूगोलको जिम्मेवारी दिएको छ ।

राप्रपाले पालिका तहमा जिम्मेवारी तोकेर केन्द्रीय सदस्यहरु परिचालन गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

झापाका १५ स्थानीय तहमा नाै जना केन्द्रीय सदस्य खटाइएको छ । केन्द्रीय सदस्य अम्बरबहादुर विष्टले बिर्तामोड र कनकाई नगरपालिकाको जिम्मेवारी पाएका छन् ।

तारामाया राईलाई शिवसताक्षी, अञ्जरा आलमलाई कचनकवल र बाह्रदशीकाे जिम्मेवारी दिइएको छ । भारतेन्दु मल्लिकले भद्रपुर नगरपालिकाको जिम्मेवारी पाएका छन् ।

दमक नगरपालिकाका मेयर समेत रहेका राम थापालाई अर्जुनधारा नगरपालिका र हल्दिबारी गाउँपालिकाको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय सदस्यः राजकमार पोखरेलले मेचीनगर नगरपालिकाको जिम्मेवारी पाएका छन् । अर्का केन्द्रीय सदस्य बाबुराजा श्रेष्ठले दमक नगरपालिका र कमल गाउँपालिकाको जिम्मेवारी सम्हाल्नेछन् ।

गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकामा केन्द्रीय सदस्य रामकुमार राजवंशीलाई खटाइएको छ । झापा र बुद्धशान्ति गाउँपालिकामा केन्द्रीय सदस्य गोपाल पौडेलले जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ८ : ५७ बजे