१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एक वर्षमा दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात



झापा-नेपालले गत आर्थिक वर्षमा दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आयात १३ प्रतिशतले घटी हो ।

नेपाल आयल निगमका अनुसार २७ लाख ८२ हजार ८३२ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । आर्थिक संकटका कारण आयातमा कमी आएको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साह बताए ।

हवाई इन्धनको आयात बढे पनि अन्य सबै पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । हवाई इन्धनको आयात नौ प्रतिशतले बढेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ००:००  ११ : ३५ बजे